
काठमाडौं,७ जेठ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नेकपा एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप लगाएका छन् ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरेर उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप लगाएका बताएका हुन् ।
उनले भने, ‘एमालेले अहिले लडाकु शिविरबारे किन प्रश्न उठायो भन्दा नक्कली भुटानी शरणार्थी प्रकरणले पोल्यो कि?’ उनले शरणार्थी प्रकरणमा दोषि रहेका सबैलाई कारवाही गर्न सरकार तयार रहेको समेत बताए ।