चितवनः नासा नेपाल बागमती संघ तथा चितवन अटो डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा आयोजित मोटरस्पोर्टस प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ महालक्ष्मी मोटर ड्राईभिङ इन्चिच्यूटमा प्रतियोगिता सुरु भएको हो । प्रतिस्पर्धामा २१ जना चालक सहभागी भएको कार्यक्रमका संयोजक राजन पियाले जानकारी दिनुभयो ।
प्रतियोगितामा खेलकुद मध्यको एक शाहसीक एबं रोमान्चिक खेल रहेको उहाँले बताउनुभयो । जिल्लामा पहिलो पटक आयोजना गरिएको सो प्रतियोगिता चितवनलाई शाहसीक र खेल पर्यटनको मूख्य गन्तव्य बनाउने उद्धेश्यका साथ आयोजना गरिएको हो । यस प्रतियोगितामा सहभागी मध्ये १४ जना चितवन बाहिरका रहेका छन् । सहभागीमा २ जना महिला समेत रहेको पियाले जानकारी दिनुभयो । यस प्रतियोगितामा गाडी चलाएर खेल खेलिने छ । उहाँका अनुसार च्याम्पीयनसिपका बिजेता एक जना, र महिला बाट बेष्ट टाइमिङ्को आधारमा एक जनाले आगामी नोभेम्बरमा चाइनिज ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखानामा सहभागिता जनाउने पाउने छन् ।
बिजेता मध्ये क्रमश पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश रु २७ हजार, रु ९ हजार र रु ३ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा एक हजार सिसिका सबै गाडीलाई खुल्ला गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !