
चितवनः नासा नोपाल बागमती संघ तथा चितवन अटो डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा हुने लागेको मोटरस्पोर्टसमा २१ जना चालक बिच प्रतिस्पर्धा हुने भएको छ । आज साँझबाट सुरु हुने प्रतियोगितामा सहभागीता जनाउनका लागि उनीहरुले आवेदन दिएका हुन ।
कार्यक्रम संयोजक राजन पियाका अनुसार प्रतियोगितामा आज क्वालिफिकेसन राउण्ड हुने हुने छ । प्रतियोगितामा खेलकुद मध्यको एक शाहसीक एबं रोमान्चिक खेल रहेको उहाँले बताउनुभयो । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको सो प्रतियोगिताको अन्तिम प्रतिशप्रर्धा शनिबार हुने आयोजकले जनाएको छ । चितवनलाई शाहसीक र खेल पर्यटनको मूख्य गन्तव्य बनाउने उद्धेश्यका साथ आयोजित यस प्रतियोगितामा सहभागी मध्ये १४ जना चितवन बाहिरका रहेका छन् । सहभागीमा २ जना महिला समेत रहेको पियाले जानकारी दिनुभयो । यस प्रतियोगितामा गाडी चलाएर खेल खेलिने छ । उहाँका अनुसार च्याम्पीयनसिपका बिजेता एक जना, र महिला बाट बेष्ट टाइमिङ्को आधारमा एक जनाले आगामी नोभेम्बरमा चाइनिज ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखानामा सहभागिता जनाउने पाउने छन् ।
बिजेता मध्ये क्रमश पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश रु २७ हजार, रु ९ हजार र रु ३ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा एक हजार सिसिका सबै गाडीलाई खुल्ला गरिएको उहाँले बताउनुभयो ।