
काठमाडौं,वैशाख १७- वीर अस्पतालको छतको वाल भत्किँदा ४ जना घाइते भएका छन् । आइतबार दिँउसो २ बजे अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका हुन् । अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले दिएको जानकारी अनुसार लगातार बर्षाको कारण वीरको बीचमा रहेको रातो भवनको छत भत्किएको हो ।
सो भवन २०३६ सालमा निर्माण भएको थियो । उनले भने, ‘गम्भीर चोट भने लागेको छैन, घाइतेको वीरमा उपचार भइरहेको छ ।’