चितवनः राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेले जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताउनुभएको छ । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले बिजयी वन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले सिंगो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभयो ।
जनता अन्यायमा परे, भ्रष्टाचार वढ्यो भन्दा नसुने पछि आँफु चुनाबी मैदानमा आउनु परेको भन्दै उहाँले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताउनुभयो । सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनः मत माग्न आउनु परेको भन्दै उहाँले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताउनुभयो । बिकास निर्माणमा आँफुले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै संसदमा रहँदा देशको शुसासन, गरिवी, अशिक्षा ,भ्रष्टाचार अन्त्यकालागि काम गर्ने बताउनुभयो ।
सुरुवातीको वर्ष बिकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षहरुमा देखिने गरी बिकासका कार्यक्रमहरु सञ्चालन गर्ने उहाँको भनाई थियो । उहाँले प्रतिशपर्धी उम्मेदवारहरु र उहाँका मतदाताहरुलाई समेत आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “निर्वाचनको समयमा केहि कमी कम्जोरी भएको भए क्षमा चाहान्छु । नयाँ दल भएकाले राजनैतिक अभ्यास सिक्दै गरेका छौ । गल्तीभए माफ गर्नुहोला ।” नेपाली जनताले स्वर्णीम युगको खोजि गरीरहेको संकेत उपनिर्वाचनबाट दिएको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !