चितवनः चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिनु भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ र ३ को गणना सकिदाँ लामिछानेले १ हजार १५५ मत सहित अग्रता सुरु गर्नुभएको हो । यस्तै लोकतान्त्रीक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ६६५ मत प्राप्त गर्नुभएको छ । मत गणना कार्य जारी रहेको छ ।

यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । जसमा ७८ हजार २७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !