चितवनः चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मत गणना सुरु भएको छ । आज मध्यान्ह २ बजेबाट चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना शुरु भएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को गणना सुरु गरिएको हो ।
मतदानको दिन राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेका विषयमा विवाद भएपछि मतगणना हुन सकेको थिएन । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६९७ जना मतदाता रहेका थिए । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक बाम गठवन्धनबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसगै २२ जना उम्मेदवार चुनाबी मैदानमा हुनुहुन्छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेलाई नागरिकता विवादमा सर्वाेच्च अदालतले सांसद पद समेत खरेज भएपछि उपनिर्वाचन भएको हो ।






