चितवनः चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा निर्वाचन आचार संहिता उलंघन भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । लोकतान्त्रीक बाम गठवन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काङ्ग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुव पोख्रेलले उजुरी दिनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उजुरी परेको हो । उम्मेदवार लामिछानेले आचार संहिता उलंघन गरेको उजुरीमा उल्लेख छ । निर्वाचन प्रक्रिया सूचारु भइरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले मत मागेको अडियो÷भिडियो सार्वजनिक भएको उजुरीमा जनाईएको छ । आचार संहिता बिपरित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले बिभिन्न मतदान स्थलमा हुलहुज्जत गर्ने÷गराउने गरी मतदातालाई प्रभावित पारेको, बिभिन्न मतदान स्थलमा प्रमुख जिल्ला अधिकारीको ठाडो निर्देशनमा सुरक्षाकर्मीहरुद्वारा एक पक्षिय ढंगवाट मतदाता र मतदान प्रतिनिधिहरु माथि लाठी चार्ज गर्ने र मतदातालाई भयभित गर्ने÷गराउने गरेको भन्दै उजुरी परेको हो ।
रास्वपाका उम्मेदवार लामिछाने, प्रमुख जिल्ला अधिकार एबं जिल्ला प्रशासन कार्यालयलाई प्रतिवादी बनाई पोख्रेलले उजुरी दर्ता गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस !