चितवनः चितवन क्षेत्र नम्बर २ मा आज बिहान ७ वजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदान स्थलमा पूर्ब तयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रकृयाको क्रममा कतिपयमा दुई चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहि कतै समस्या नभएको उहाँले बताउनुभयो । यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ १ लाख २४ हजार ६९५ जना मतदता रहेका छन् । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरै देखि मतदान केन्द्रहरुमा मतदाताहरु लाईनमा बसेका थिए । चर्को गर्मीका कारण बिहानी पख मतदानका लागि मतदाता लाईनमा बसेका हुन । यस क्षेत्रमा लोकतान्त्रीक बाम गठवन्धनबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट राम प्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार हुनुहुन्छ । उहाँहरु संगै २२ जना उम्मेदवार चुनाबी मैदानमा हुनुहुन्छ । मुख्य प्रत्यासी तीन जना मध्ये श्रेष्ठले शक्तिखोरको चर्तुमुखि माध्यामिक विद्यालयबाट मतदान गर्दै हुनुहुन्छ भने अन्य दुई जनाको मतदाता नामावली अन्य क्षेत्रमा रहेकाले यहाँ मतदान गर्न पाउनुहुने छैन ।
गत निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरे पछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यक वाहेकका सवारी रोकीएका छन् । राजमार्ग समेत रोकीएको छ ।

प्रतिक्रिया दिनुहोस !