चितवन: स्कुटरलाई मिक्सचरले ठक्कर दिदाँ शिक्षक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपािलका वडा नम्बर ९ का ६८ वर्षिय महेन्द्र प्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठी तर्फ आउँदै गरेको वा २ क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पौडेलको मृत्यु भएको हो । ठक्करबाट घाईते पौडेलको उपचारका क्रममा चितवन मेडीकल कलेजमा आज बिहान ९ः३५ वजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने मिक्सचर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मृर्तक पौडेल नेपाल शिक्षक संघ चितवनका पूर्ब अध्यक्ष हुनुहुन्थ्याे । सरदपुर माध्यामिक बिद्यालयको पूर्ब प्रध्यानाध्यापक एबं हाल सोही बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै आउनुभएको थियो । नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशनमा क्षेत्रीय प्रतिनिधिको रुपमा रहनु भएका पौडेल बिभिन्न सामाजिक संघ संस्थामा रहेर काम गर्दै आउनु भएको नेपाली काङ्ग्रेस चितवनका सचिब ध्रुर्व पोख्रेलले जानकारी दिनुभयो ।






