चितवन: प्रधानमन्त्री सहीत तीन पूर्ब प्रधानमन्त्रीहरु चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रीक बाम गठवन्धनले आज पूर्बी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्न उहाँहरु चितवन आउन लाग्नु भएको हो ।
बैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका जितनारायण श्रेष्ठलाई जिताउन कार्यकर्तालाई सम्बोधन गर्न पार्टिका प्रमुख सहित मुख्य नेताहरु चितवन आउन लाग्नु भएको हो । आज दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुर स्थित क्याम्पसको फुटबल मैदानमा चार दलिय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरु आउन लाग्नु भएको नेपाली काङ्ग्रेस चितवनका सचिब सूर्य अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेसका सभापति एबं पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवा , नेकपा समाजबादीका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री माधवकुमार नेपाल , जनता समाजबादीका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँहरु बाराको चुनाबी सभालाई सम्बोधन गरेर चितवन आउन लाग्नु भएको हो । त्यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगाएतका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको सबै तयारी पूरा भएको सचिब अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !