चितवनः आगामी बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका क्रममा लोकतान्त्रीक बाम गठवन्धनका उम्मेदवारलाई बिजयी गराउन नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा घरदैलो कार्यक्रममा सहभागी हुनु भएको छ । गठवन्धनले आज भरतपुर महानगरपालिका वडा नम्बर ११ मा आयोजना गरेको घरदैलो कार्यक्रममा महामन्त्री थापा सहित कांग्रेसका केन्द्रय सदस्यहरु सहभागी भएका थिए ।
घरदैलोका क्रममा महामन्त्री थापाले जनताको सुझाव समेत संकलन गर्नु भएको थियो । उहाँलाई मतदाताले कांग्रेस भित्रको आन्तरिक समस्या समाधान गर्दै अघि बढ्नु पर्ने बताएका थिए । कांग्रेस भित्रको समस्याका कारण जनताले बिकल्प खोज्नु परेको मतदाताको भनाई थियो । गठवन्धनलाई मतदान गर्ने बिश्वास दिलाएर उनिहरुले कांग्रेसले जनताको समस्या समाधानका लागि आग्रह गरे। मतदाताको गुनासो सुनेपछि महामन्त्री थापाले जनताको समस्या समाधानका लागि कांग्रेस सधै जनताको साथमा रहेको बताउनुभयो । कांग्रेसको नेतृत्वमा वनेको सरकारले जनताको पक्षमा काम गर्दै आएको बताउँदै उहाँले चितवनमा क्यान्सर अस्पताल निर्माण, पदमपुर स्थानान्तरण लगाएतका कामहरु कांग्रेसकै नेतृत्वमा भएको बताउनुभयो । जनताको हितमा काम गर्न अहिले पनि गठवन्धले जित्नु पर्ने बताउँदै थापाले मतदातालाई बहकाउमा नलाग्न आग्रह गर्नुभयो ।
मतदातासंग भेटेपछि कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले कन्यादान र मदतान गर्दा सोच बिचार गर्नुपर्ने बताउनुभयो । जनतामा जनप्रिय र सत्तामा जाँदा धनप्रिय वन्ने बानि काँग्रेसका उम्मेदवारमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “जनतालाई ढाँटेर राजनिति गर्नु काँग्रेसलाई छैन ।“ घरदैलोका क्रममा लोकतान्त्रीक बाम गठवन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठले जनताको हितमा काम गर्ने बताउनुभयो । भ्रष्टाचार रोक्न आफ्नो भूमिका महत्वपूर्ण रहने बताउँदै उहाँले जनताको हरेक शुःख दुःखमा कांग्रेस र कांग्रेसका उम्मेदवार रहने उहाँले प्रतिवद्वता जनाउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका ईश्वर सापकोट सुमन लगाएतले बोल्नु भएको थियो ।






