चितवनः आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा सुरक्षाका दृष्टिले निर्वाचन स्थललाई दुई भागमा बर्गिकरण गरिएको छ । सम्बेदनशिल र अति सम्बेदनशिल गरी यहाँका ४३ स्थललाई बर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १४ स्थल सम्बेदनशिल र २९ स्थल अति सम्बेदनशिल रहेका छन् ।
उपनिर्वाचन भएका कारण सबै स्थललाई उत्तीकै महत्वका साथ लिईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सम्पूर्ण राजनैतिक दलको ध्यान उप निर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तीकै सम्बेदनशिल रहेका छन् ।” राजनैतिक दल, नागरिक समाज तथा अन्य जनताको समेत चासो वढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा पर्ने गरी सुरक्षा कर्मी परिचालनको तयारीमा प्रशासन रहेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनमा सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै उहाँले अहिलेको समयमा नेपाल प्रहरी, शशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु परिचालनका लागि सुरक्षा योजना वनाई गृहकार्य अघि वढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “जनताले सुरक्षीत महशुस गर्ने गरी सुरक्षाकर्मी परिचालन हुन्छ ।” सबै मतदान स्थलमा बैशाख ७ गते भित्र सुरक्षाकर्मी पुगि सक्ने उहाँको भनाई छ ।
उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्बाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरे संगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो । रिक्त पदमा वैशाख १० गते निर्वाचन हुन लागेको हो । यस निर्वाचन क्षेत्रमा लाेकतान्त्रीक बाम गठवन्धनबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका राम प्रसाद न्याैपाने, रास्वपाका सभापति लामिछाने सहित २२ जना उम्मेद्वार रहेका छन् ।






