चितवनः भरतपुर महानगरपालिका पालिकाहरुमा बिकासका हिसाबले अग्रणी रहेको छ । महानगरभित्रका बिद्यालयहरु समेत पढाईमा अव्वल रहेका छन् । सदरमुकाम क्षेत्रका सामुदायीक बिद्यालयहरुमा बिद्यार्थी भर्ना गर्नका लागि समेत प्रबेश परिक्षा लिनुपर्ने बाध्यता छ ।

महानगर भित्र यसो हुँदै गर्दा यही भित्रका एक क्षेत्रका बासिन्दा भने माध्यामिक शिक्षा अध्ययनबाट वन्चित वन्दै आएका छन् । यहाँ एउटा यस्तो ठाउँ छ जहाँका बालबालिका कक्षा आठ पढेपछि माध्यामीक शिक्षा लिनबाट वन्चीत हुने गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ को कमलपुर भन्ने स्थानमा बालबालिका माध्यामिक तहको शिक्षाबाट वन्चीत हुने गरेका हुन । चौकीडाँडा आधारभूत बिद्यालयमा अध्ययन सकेपछि अधिकांश बिद्यार्थीले पढाई छाड्ने गरेका छन् ।

कमलपुरकी सिता परियारका चार जना छोराछोरी रहेका छन् । उनीहरु मध्ये दुई जना भरतपुरमा कोठा भाडामा बसेर पढ्दै आएका छन् भने एक जना चौकीडाँडा आधारभूत बिद्यालयमा र एक जना घर नजिकैको बिद्यालयमा पढ्छन् । कमलपुरबाट चौकीडाडाँ पढ्न आउनका लागि समेत ३ घण्टाको समय हिडेर आउनु पर्छ । हिडेर आउँदा थाक्ने भएकाले पढाईमा त्यति ध्यान दिन नसकेको उहाँको गुनासो रहेको छ ।

उहाँले भन्नुभयो “बाहिर कोठा लिएर राखौं खर्चले धान्न सकीदैन नजिकै माध्यामिक बिद्यालय छैन ।” उहाँले थप्नुभयो “बिद्यालय नजिक भएको यही चौकीडाँडा हो । यसमा पनि आठ कक्षा सम्म मात्र पढाई हुन्छ ।” यहाँ पढिसके पछि छोरा छोरी वजार गएर पढ्न खोजे पनि अभिभावकले पढाउन नसक्ने उहाँको भनाई छ ।

यस्तै गुनासो सुनाउनु हुन्छ धनमाया सुनार पनि । उहाँका दुईवटा छोरी अहिले कक्षा ६ र ९ मा पढ्दै छन् । उहाँले भन्नुभयो “कोठा लिएर पढाउने क्षमता छैन । ” चार हजार कोठाभाडा तिरेर रासन पानी भरेर पढाउन सक्ने क्षमता नभएको भन्दै उहाँले चौकी डाडाँमानै माध्यामिक तहको बिद्यालय खोल्न आग्रह गर्नुभयो । यही बिद्यालयमा भए जेनतेन पढ्न सक्ने भन्दै उहाँ भन्नुहुन्छ “कोठाभाडा तिरेर माध्यामिक तहको पढाई गराउन सकीन्न । यहाँ माबि नभए पछि अब छोराछोरीको पढाई सक्कीयो ।” छोराछोरीलाई पढाउन मन त छ तर के गर्ने अब उहाँले गुनासो गर्नुभयो । उहाँको कक्षा आठ पास गरेर ९ मा पुगेकी छोरीले नजिक बिद्यालय नभएर पढ्न नपाएको गुनासो छ ।

चौकीडाडा आधारभूत बिद्यालयकी निमित्त प्रध्यानाध्यापक अञ्जीला तिवारी माध्यामिक तहको पढाई यहाँ नहुँदा आठ कक्षा पास भए पछि पढाई छोड्ने गरेको स्विकार गर्नुहुन्छ । भौगोलीक बिकटताको हिसाबले बालबालिकालाई बिद्यालय आउन समस्या भएकाले धेरैले आठ कक्षा पछि पढाई छोड्ने गरेको उहाँले बताउनुभयो । प्रत्यक वर्ष कक्षा आठ उत्तीर्ण गरेका २५ देखि ३० प्रतिशतले बिद्यालय छाड्ने गरेको उहाँले बताउनुभयो । अभिभावकले शहरमा राखेर पढाउन नसक्ने अबस्था भएका कारण बिद्यालय छाड्नेको संख्या वढेको उहाँको भनाई छ । कक्षा आठ उत्तीर्ण भए पछि १५ किलोमिटर टाढा गएर पढ्न र पढाउन समस्या हुने गरेकाले बिद्यालय छाड्ने गरेको उहाँले जानकारी दिनुभयो । गत शैक्षिक सत्रमा १८ जना बिद्यार्थीले कक्षा आठको परिक्षा दिएर उत्तीर्ण भएका तर ६ जनाले बिद्यालय छाडेको उहाँले बताउनुभयो । अहिले यस बिद्यालयमा ८५ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । यो बिद्यालय बि. सं. २०२४ सालामा स्थापना भएको बिद्यालय हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौगोलीक बिकटताका कारण बिद्यार्थीहरुले बिद्यालय स्तरको पढाई समेत पुरा गर्न नसके पछि यसको स्तरोन्नती गर्न महानगरपालिका लागि परेको बताउनुभयो । विद्यालयमा अहिले कक्षा ८ सम्म पढाई हुने गरेको बताउँदै उहाँले आगामी शैक्षिक सत्रबाट कक्षा ९ को सम्बन्धन दिन लागिएको जानकारी दिनुभयो । दाहालले चौकीडाँडा आधारभूत विद्यालयलाई नमुना विद्यालयका रुपमा अघि बढाईने बताउनुभयो । महानगर भित्रका शिक्षण संस्थाको पढाई राम्रो वन्दै गएको भन्दै उहाँले बिकटमा रहेको त्यस बिद्यालय क्षेत्रका बासिन्दाका छोरा छोरीले अब अध्ययनबाट बन्चित हुन नपर्ने उहाँको भनाई छ । सोही क्षेत्रमा स्थलगत अध्ययन पछि उहाँले स्थानीयलाई अवका दिनमा आफ्ना छोराछोरीको पढाईका लागि चिन्ता लिन नपर्ने गरि महानगरले काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !