चितवन: सनराईज बैक लि. सुनवल र हाेटल ओरियन बिच छुट सन्दर्भमा दुई पक्षिय सम्झाैता भएकाे छ । सम्झाैतामा बंकका शाखा प्रमुख अर्जुन अर्याल र हाेटलका प्रबन्धक मीन वहादुर रजालिले आज हस्ताक्षर गर्नुभएकाे हाे ।
सम्झाैता अनुसार बैकका कर्मचारीहरुले हाेटलबाट सेवा लिदाँ पाैडी पाेखरीमा २० प्रतिशत, खानामा १५ प्रतिशत, स्पामा १५ प्रतिशत, रेष्टुरेन्टमा १० प्रतिशत र पेयपदार्थमा ५ प्रतिशत छुट हुने उल्लेख छ । बैकले हाेटलका कर्मचारीहरुलाई दिने सेवामा सहुलियत उपलव्ध गराउने गरि सम्झाैता भएकाे हाे ।






