चितवन: जिल्लमा रहेका साना तथा ठूला सबै दलहरुलृ यही बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । साना तथा ठूला दलहरु र स्वतन्त्र उम्मेद्वारहरु उम्मेदवारी दर्ता संगै प्रचार प्रसारका लागि गाउँ छरिेका हुन ।
सत्ता गठवन्धनबाट उम्मेद्वार वन्नु भएका जीतनारायण श्रेष्ठले औपचारीक रुपमा आज देखी घर दैलो कार्यक्रम सुरु गर्दै हुनुहुन्छ । नेपाली काङ्ग्रेस चितवनका सचिब ध्रुर्ब पोख्रेलका अनुसार उम्मेद्वारी दर्ता संगै प्रचार प्रसारको सुरु गरेको भए पनि औपचारीक रुपमा आजबाट सुरु भएको हो । जिल्लामा हुन लागेको निर्वाचन के का कारणले हो भन्ने बिषयमा समेत मतदातालाई प्रष्ट पार्दै घरदैलो गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आजदेखि घरदैलो सुरु भएको छ । हामीले जनताको विश्वास र मत दुबै पाउने छौ ।” घरदैलो कार्यक्रमका लागि नेपाली काङ्ग्रेसका शिर्ष नेतृत्वहरु जिल्ला आउने कार्यक्रम समेत रहेको छ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गगन कुमार थापा लगाएतका शिर्ष नेतृत्वहरु घरदैलो कार्यक्रममा सहभागी हुन जिल्ला आउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । सत्ता गठवन्धनले भरतपुर महानगरपालिका वडा नम्बर ३ बाट घरदैलो कार्यक्रमको सुरुवात गर्दै छ ।
नेकपा एमाले चितवनले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर १ हात्तिवाङ् वाट घरदैलो अभियान सुरु गर्न लागेको नेकपा एमालेका जिल्ला उपाध्यक्ष कमल पाठकले जानकारी दिनुभयो । नेकपा एमालेले विगत एक महिना देखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज हुने उहाँले बताउनुभयो । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गुमेको शाखलाई फिर्ता गर्ने दाउमा एमाले रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नेकपा एमालेका नेता गोकुल बास्कोट निर्वाचन समय अबधि भर जिल्लामा रहनुहुने छ । घरदैलो कार्यक्रम संगै निर्वाचन लक्षित अन्य कार्यक्रमहरु समेत गरिने पाठकले जानकारी दिनुभयो । घरदैलोका क्रममा कोणसभाहरु समेत गरिने उहाँको भनाई छ ।
राष्ट्रिय स्वतन्त्रपाटीका केन्द्रिय सभापति रवि लामिछानेले उम्मेद्वारी दर्ता गरे संगै घरदैलो तथा कार्यक्रता भेटघाट कार्यक्रमलाई तिब्र पानुभएको छ । लामिछानेका नीजि सचिब प्रकाश सिग्देलका अनुसार मनोनयन दर्ता गर्नु अघि देखिनै निर्वाचनको तयारी गरिएको हो । मनोनयन दर्ता संगै दलका नेता कार्यक्रर्ता भेटघाट लगाएतका कामहरु भईरहेको उहाँले बताउनुभयो । कालिका नगरपािलका वडा नम्बर ५ बाट घरदैलो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिदै उहाँले रास्वपाले घर दैलो कार्यक्रमलाई तिब्र बनाउने बताउनुभयो । घरदैलोका क्रममा कोणसभा केही स्थानमा हुने उहाँको भनाई छ ।
सत्ता गठवन्धन सहित तीन दलहरु संगै अन्य साना दलहरुले समेत निर्वाचन लक्षित आफ्ना कार्यक्रमहरुलाई तिब्र बनाएका छन् । उनीहरुले घरदैलो संगै अन्य बिभिन्न कार्यक्रमहरु तिब्र गतिमा गरिरहेका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभमपति रवि लामिछाने नागरिकता मुद्धामा दोषी ठहर भए संगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।






