चितवनः भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र अन्तर्रजातीय विवाह गर्ने सात जोडीलाई सम्मान गरेको छ । आज यहाँ महानगर प्रमुख रेनु दाहालले उनीहरुलाई सम्मानीत गर्नु भएको हो ।
सम्मान गर्दै दाहालले समाजमा भएको जातीय बिभेद उन्मुलन अहिलेको मुख्य समस्याको रुपमा रहेको बताउनुभयो । २१ औं शताव्दीमा आएर पनि समाज परिबर्तन हुन नसक्नुु दयानीय भएको उहाँको भर्नाइ थियो । उहाँले भन्नुभयो “महानगरभित्र जातीय बिभेद अन्त्यका लागि यो कार्यक्रम गरिएको हो ।” महानगरले सात जोडीलाई नगद रु १ लाख सहित सम्मान गर्नुभएको होे । दलित र गैर दलित सबैले पाउने अधिकार एक भएकाले बिभेदको अन्त्य हुन जरुरी रहेको उहाँको भनाई थियो ।
महानगरपालिकाको सामाजिक बिकास शाखा प्रमुख शान्ता कुमारी पौडेलले समाजमा सबै जातीलाई समान दृष्टिले हेर्नुपर्ने बताउनुभयो । समाज परिवर्तनका लागि महानगरले तीन वर्ष देखि सुरु गरेको सम्मान कार्यक्रमलाई निरन्तरता दिईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !