चितवनः वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा डा. विजयराज न्यौपाने नियुक्त हुनु भएको छ । अस्पतालका पूर्व उपनिर्देशक न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद्को वैठकले अध्यक्षमा नियुक्त गरेको हो ।
उहाँले क्यान्सर अस्पताललाई सम्बन्धी जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धान संगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोको रुपमा विकास गर्ने बताउनुभयो ।
उहाँले चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजञ्ज क्याम्पसबाट वि. सं. २०३७ सालमा हेल्थ असिष्टेन्ट उत्तीर्ण गरी ६ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा सेवा गर्नुभएको छ । वि. सं. २०४३ सालमा तत्कालिन सोभियत संघको युक्रेनमा उहाँले त्यहाँको एमडी (यहाँको एमबिबिएस सरह) अध्ययन गनुभयो । विसं २०५० सालमा एमडी (यहाँको एमबिबिएस सरह) को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाउनुभयो । न्यौपानेले परिवार नियोजन संघमा ६ वर्ष सेवा गर्नुभयो ।
उहाँले विसं २०५६ सालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरु गर्नुभएको थियो । वि.सं २०५७ सालमा बिपि कोईराला इन्चिच्यूट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताउनुभयो । वि. सं. २०६० सालमा एमडी उत्तीर्ण गरी त्यसपछिको उहाँको जीवन वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो ।
क्यान्सर अस्पतालमा बिभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभव पछि अवकाश पाउनुभएका न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !