चितवनः नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनैतिक दलहरु बिच सहकार्य र हार्दीकताको आबश्यकता रहेको बताउनुभएको छ । गठवन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आउनु भएका शर्माले यहाँ आयोजीत आम सभालाई सम्बोधन गर्दै उहाँले दलहरु बिच द्धन्द्ध हुन नहुने बताउनुभयो ।
देशभित्र अबसरको खोजी गरिरहेका नागरिकहरुलाई सो को सृजना गर्नका लागि बदलिएको राजनितिको बिषय वन्नु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “आज दलहरुका बिचमा द्धन्द्ध होईन सहकार्य र हार्दीकता अहिलेको राजनितिको चित्र हो ।” आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाई भएको उहाँले बताउनुभयो । राजनीति गर्ने युवाले आकर्षित वन्नु पर्ने अहिलेको बिषयबस्तु भएको उहाँको जिकिर थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले पार्टी भित्र असन्तुष्टि राख्नेहरुलाई घर फर्कन आग्रह गर्नु भएको छ । पार्टी भित्रका असन्तुष्टिहरुलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकीने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “घर छोडेर गएकाहरु आफ्नै घर फर्कीएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु ।” उहाँले थप्नुभयो “हामीले उता र्पम लाएको हो । अव फर्कन्छौ भन्ने कार्यकता पनि पाएको छु ।” घरघरमा वसेर सोच्न र व्युझनका लागि कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
वैशाख १० गते चितवन २ को परिणाम बदलिने उहाँको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजार भन्दा बढि मानिसले उता पर्म लाएका थियौं । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ ।”
कार्यक्रममा नेपाली काङ्ग्रेसकी सहमहामन्त्री महालक्ष्मि उपाध्यय डीनले पार्टी भित्रको आन्तरिक कलहलाई आम निर्वाचनमा साँध्न नहुने बताउनुभयो । काङ्ग्रेस वलियो भए लोकतन्त्र वलियो हुने भन्दै उहाँले उपनिर्बाचनमा गठवन्धनका उम्मेदवारहरुले जित निकाल्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ठाकुर ढकाल, गठवन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा समाजबादीका जिल्ला उपाध्यक्ष कृष्ण न्यौपाने लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !