चितवनः आगामी बैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ । आज बिहान १० वजे मुख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगी उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँको प्रस्तावकमा सिता ज्ञवाली र समर्थकमा बिक्रम श्रेष्ठ रहनु भएको छ । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरु संग प्रतिकृया दिदैं उहाँले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिशपर्धामा होस भन्ने चाहेको बताउनुभयो । प्रतिनिधि सभाको निर्वाचन पछि चार महिनामानै निर्वाचन हुनु दुखद लागेको भन्दै उहाँले निर्वाचनमा केही फरक नभएको बताउनुभयो । उहाँले भन्नुभयो “आश्चर्य लागेको भए पनि राजनितिक जीवनमा भई रहने बिरलै घटना मध्यको एक हो ।” आफु निर्वाचनका लागि उत्साहीत रहेको उहाँको भनाई थियो । निर्वाचनलाई निर्वाचनकै रुपमा लिएको बताउँदै उहाँले आँफु आशावादी र उत्साहीत रहेको बताउनुभयो ।
मुलुकको सम्बृद्धि, शुसाशन, राजनीतिमा एउटा शुद्धता, नयाँ आउने पुस्ताको सुन्दर भविश्य कोर्नका लागि, लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । लामिछमोले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताउनुभायो । “अब उप चुनाव हुनुमा कसकसले कति जिम्मेवारी लने हो त्यो मध्ये मेरोभागमा परेको जिम्मेवारी म लिन तयार छु”, उहाँले भन्नुभयो ।
नागरिकता प्रकरणमा उमेदवार वन्न नपाउने भन्ने कुरा गलत रहेको उहाँका दावि छ । उहाँले भन्नुभयो “मैले अमेरिकाको सिटिजनसिप सन २०१८ मै त्यागेको हो । त्यो त्यागेको मितिले तीन महिना भनेर सविधानले भनेको हुँदा त्यसले मलाई असर गर्दैन ।”
यो क्षेत्रमा उमेदवार दर्ता गर्ने उहाँ पहिलो भएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो । लामिछाने यस अघि भारी मतान्तरले निर्वाचित संघिय सासद हुनुहुन्थ्यो । उहाँको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसगैँ संसद पद पनि गएपछि अहिले उप निर्वाचन हुन लागेको हो ।
गत चुनावमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटम प्रस्पर्धि भन्दा ३४ हजार १६२ मतान्तरले उहाँ अगाडी हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत पाउनु भएको थियो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस !