चितवन: पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा एल पि ग्यास बोकेर गईरहेको भारतीय ट्याङ्कर पल्टिदाँ एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौं तर्फ जाँदै गरेको यूपि ७० डिटि ६०५५ नम्बरको ट्याङ्कर पल्टिदा नाम, थर र ठेगना नखुलेका पुरुष व्यक्तिको घटना स्थलमानै मृत्यु भएको हो ।
ट्याङ्करमा सवार दुई जना घाईते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तातीको स्थानिय ट्रमा सेन्टर कुरिनटारमा उपचार भईरहेको छ । अर्का एक जनाको अबस्था गम्भिर रहेको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डीतले जानकारी दिनुभयो । उनको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । उहाँका अनुसार दुर्घटना आज बिहान ६ वजे भएको हो । ट्याङ्कर अनियन्त्रीत भएर सडक छेउमा पल्टिएको हो ।






