भरतपुर महानगरपालिका भित्र रहेका १ सय १४ वटा बिद्यालयल अग्नि शमयन्त्र(फायर इक्सटिङगुडसर) बितरण गरिएको छ । भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले आज एक कार्यक्रमको आयोजना गरी महानगर भित्र रहेका ११० सामुदायीक र ४ धार्मिक प्रकृतिका (गुरुकुलम)हरुलाई यो यन्त्र हस्तान्तरण गरेको हो ।
महानगर प्रमुख रेनु दाहालले बिद्यालयका प्रध्यानाध्यापकहरुलाई यन्त्र हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले महानगरपालिकाले सुरक्षित बिद्यालय अबधारणा अन्तर्गत यन्त्र बितरण गरिएको बताउनुभयो । बिद्यालयमा गर्मी समयमा हुन सक्ने आगलागी नियन्त्रणका लागि यो यन्त्र उपयोगी बन्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सामुदायीक बिद्यालयमा थप नयाँ आयाम दिनका लागि यो कार्यक्रम सञ्चालन गरीएको हो ।” यस यन्त्रको प्रयोग भएपछि महानगरले ग्यास भरेर (रिफिल) पुनः बिद्यालयलाई दिने उहाँको भनाई छ ।
महानगरपालिकाले अहिले सबै बिद्यालयहरुमा दिवा खाजाको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिदैं उहाँले हरेक वर्ष नयाँ कार्यक्रम सुरुवात गर्ने बताउनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले महानगरको यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । यसले बिद्यालयमा हुने ठूलो दुर्घटनामा उद्धार गर्न मद्धत पुग्ने उहाँको बिश्वास थियो । शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलले सामुदायीक बिद्यालयहरुको सुधारका क्रममा यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो । महानगरले सामुदायीक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गर्दै बर्षेनी नयाँ कार्यक्रम ल्याउने गरेको उहाँको भनाई थियो ।
महानगरपालिकाले बिद्यालयहरुलाई प्रदान गरेको अग्नि समन यन्त्रले एक हजार डिग्री तापक्रम सम्म काम गर्न सक्ने क्षमता रहेको छ । यसमा भएको ग्यासलाई २१ सेकेण्ड सम्म प्रयोग गर्न सकिने पौडेलले जानकारी दिनुभयो । ११४ बिद्यालयलहरुलाई बितरण गरिएको ती सामाग्रीहरु रु ८ लाख १८ हजार बराबरका हुन । एउटा बिद्यालयलाई एउटा यन्त्र बितरण गरिएको हो ।






