चितवन: दोश्रो प्रज्ञा स्मृति साईक्लिङ म्याराथन २०७९ काे उपाधि सशस्त्र प्रहरीका सुरज रानामगरले प्राप्त गर्नु भएकाे छ । उहाँले निर्धारीत ६५ किलाेमिटर दुरी १ घण्टा ५४ मिनेट ३८ सेकेण्डमा पार गर्दै उपाधि हात पार्नु भएकाे हाे ।
दिवङगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साईकलिङ म्याराथनको आयोजना गर्दै आएकाे छ ।
म्याराथनमा सात विधामा  खेलाडीहरुले उपाधी हात पारेका छन् । प्रतिष्ठानले आगामी वर्षबाट अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानकी अध्यक्ष रेनु दाहाले जानकारी दिनुभयाे । सात विधामा भएको म्याराथनमा पुरुष ईलाईटतर्फ सशस्त्र प्रहरी बलका सुरज राना मगरले पहिलो स्थान हात पर्नु भएकाे हाे । मगर गत बर्षाकाे समेत बिजेता हुनुहुन्छ । उहाँले उपाधीसँगै नगद रु ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नु भयाे । यस्तै नेपाल त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले १ घण्टा ५४ मिनेट ३८ सेकेण्ड ५२ मिलिसेकेण्डमा पारे गर्दै दोश्रो स्थान हासिल गरी नगद रु ४० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयाे ।
पुरुषतर्फको तेश्रो स्थान अमेरिकी नागरिक केलेभ हब ब्याण्डले प्राप्त गर्नुभयाे । उहाँले नगद रु ३० हजार शिल्ड र प्रमाणपत्र हात पार्न सफल हुनुभयाे ।
यस्तै काभ्रेका अच्युत कृष्ण खरेल र नेपाल आर्मीकै हिमाल थनेतले क्रमश चौथो र पाँचौँ स्थान हासिल गर्नुभयाे ।
यसैगरी महिला ईलाईटतर्फ काठमाण्डौँकी लक्ष्मी मगरले १ घण्टा ५७ मिनेट १७ सकेण्डमा सो दुरी पार गर्दै महिलातर्फको पहिलाे उपाधी हासिल गर्नुभयाे। उहाँ साउथ एसियन खेलकुदको गोल्ड मेडलिष्ट हुनुहुन्छ । प्युठानकी हुमी बुढा मगरले २ घण्टा ११ मिनेट ४५ सेकेण्ड निर्धारित दुरी पार गरि दोश्रो बन्नुभयाे । ईन्द्रकुमारी तामाङ २ घण्टा २८ मिनेट ४४ सेकेण्डमा पार गदै तेश्रो बन्न सफल हुनुभयाे ।
यस्तै पुरुष मास्टरतर्फ हर्क लामाले निर्धारित दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै उपधि हातपार्नु भयाे  । विकास महर्जनले १ घण्टा ५७ मिनेट ५ सेकेण्डमा पार गर्दै दोश्रो र बाँकेका देव बहादुर बोहराले २ घण्टा ७ मिनेट १४ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हात पार्न सफल हुनुभयाे ।
यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बुले १ घण्टा ५५ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पारि गरि प्रथम स्थान हात पार्नुभयाे  । ललितपुरका अश्विन खत्रीले २ घण्टा १२ मिनेट ३ सेकेण्डमा सो दुरी पार गरि दोश्रो बन्नुभयाे भने नवलपुरका सचिन सहनीले २ घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गर्दै तेश्रो बन्नुभयाे ।
यस्तै महिला जुनियरतर्फ सुनसरीकी विदिशा चौधरी पहिलो, बाँकेकी साया थापा दोश्रो र चितवनकी निति गुरुङं तेस्राे बन्नुभयाे ।
यसैगरी चितवन विशेष पुरुषतर्फ प्रनित थापा प्रथम, रोनिश कर्मचार्य दोश्रो र सन्दिप श्रेष्ठ तेश्रो बन्नुभएकाे थियाे ।  यस्तै महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोश्रो र नीति गुरुङं तेश्रो हुनुभयाे । प्रतियोगितामा देशभरबाट ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलले वागमती प्रदेश सरकारले खेलकुद विकासका नयाँ रणनीतिका साथ अगाडी बढेको बताउनुभयाे । उहाँले खेलकुद क्षेत्रको विकासबाटै वागमती प्रदेशमा समृद्धि हासिल हुने बताउनुभयाे।
यस्तै प्रतिष्ठानकि अध्यक्ष एबं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताउनुभयाे । भरतपुरलाई साईकल सिटीको रुपमा विकास गर्न साईक्लिङ म्यानराथन महत्वपूर्ण हुने उहाँले बिश्वास व्यक्त गर्नुभयाे ।
यसैगरी प्रदेश खेलकुद विकास परिषद् वागमती प्रदेशका सदस्य सचिव  सूर्यलाल भण्डारी, माओवादी केन्द्र चितवनका ईन्चार्ज घनश्याम दाहाल, म्याराथनका संयोजक सन्तु दराई, प्रदेश सासंद ईश्वर सापकोट, माओवादी चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, प्रतिष्ठानका सदस्य सागर केसी, प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष एवंम् प्रतिष्ठानका सदस्य विष्णु सापकोटा , सह¬संयोजक रविन्द्र श्रेष्ठ, उत्तम गुरुङं, नेपाल साईक्लिङ संघका अध्यक्ष एवंम् ओलम्पिक कमिटिका सदस्य गोपाल सुन्दरलाल कक्षपति,  प्रतिष्ठानका सदस्यद्धय अर्जुन पाठक र हेमराज पौडेल, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञावाली लगाएतले बाेल्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !