चितवन: बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर दुईमा नेपाली काँग्रेसले जितनारायण श्रेष्ठलाइृ उमेदवार बनाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र कार्यसम्पादनको बोर्डले श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ काँग्रेसका निवर्तमान जिल्ला समापति हुन् । उमेदवारका जिल्ला समितिले सिफारिस गरेका ११ जनाको नाममध्ये श्रेष्ठले टिकट पाएको जिल्ला सचिव ध्रुवराज पोखरेलले बताए । पार्टीको उमेदवार तोकिएसंगै निर्वाचनको प्रचार प्रसार सहितको तयारी थालिएको बताए । उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानको नागरिकता सम्बन्धी त्रुटीको कारण देखाउदै सांसद पद खारेज गरेको थियो ।






