चितवन :कृषकले उत्पादन गरेको मह बजारमा खपत नहुँदा समस्या बढ्दै गएको छ । नेपालमा उत्पादीत महले बजार नपाउनु र बिदेशी महको आयात वढ्नुले कृषक मारमा परेका छन् । १७ औ राष्ट्रिय मह दिवसको अबसरमा आयोजीत कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालका हरेक कृषकको घरमा बिक्रि नभएर मह थन्किएर बसेको बताएका छन् ।
नेपालमा उत्पादीत महको लागत मूल्य बढि हुने र भारतबाट आयातीत महको मूल्य कम पर्ने भएकाले नेपालमा उत्पादीत महले बजार पाउन नसकेको हो । भारतबाट आयता हुने मह नेपाल आउँदा रु २११ देखि २३७ सम्ममा आउने गरेको भए पनि नेपालको उत्पादन लागत ४२५ पर्ने गरेको नेपाल मौरीपालक महासंघका पूर्ब अध्यक्ष शिब शर्मा पौडेलले जानकारी दिनुभयो । जसका कारण गत वर्षको ५ सय मेट्रकटन मह कृषकहरुसंग र १ हजार मेट्रिकटन व्यवसायीहरुसंग स्टक रहेको उहाँको कार्यपत्रमा उल्लेख छ ।
अहिले उत्पादीत मह समेत बिक्रि बितरणका लागि वजार सम्म लैजान सक्ने बातावरण नबनेको उहाँले बताउनुभयो । यहाँ उत्पादीत महको गुणस्तर मापनका लागि समेत समस्या हुने गरेको भन्दै उहाँले गुणस्तर मापनको कामलाई छिटो गरेर महलाई बजारमा लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौरीपालन बिकास कार्यक्रम भण्डाराका बरिष्ठ बालिबिकास अधिकृत गोविन्द पोख्रेलले नेपालमा अहिले पनि वर्षेनी १ हजार ५६६ मेट्रिकटन मह आयात हुने गरेको बताउनुभयो । जस मध्ये १ हजार ५४६ मेटिटन भारतबाट आयात हुने गरेको उहाँले बताउनुभयो । नेपालमा वार्षिक ८ हजार मेट्रिकटन मह खपत हुने गरेको उहाँको कार्यपत्रमा उल्लेख छ । नेपालबाट बार्षिक ८ मेट्रिकटन मह अष्ट्रेलिया, अमेरीका, जापान, कतार लगाएतका देशमा निर्यात हुने गरेको छ ।
मौरी पालन व्यवसायमा नीतिगा, प्राबिधिक, वजारीकरण लगाएतका समस्याहरु हुँदा नेपालको महले बजार पाउन नसकेको उहाँको भनाई छ । मौरी प्रबद्र्धन नीति २०७३ को कार्यान्वयन हुन नसक्नु, मौरी बीमा र यसको कार्यान्वयन तर्फ व्यवसायी आकर्षीत बन्न नसक्नु, विषादीको प्रयोग सम्बन्धि तीति बन्न नसक्नु, मौरी चरन र मौरी स्थानान्तरणमा देखिएको समस्या समाधान गर्न नसक्नु मुख्य समस्याको रुपमा रहेको उहाँको कार्यपत्रमा उल्लेख थियो । यी नीतिगत समस्या समाधानका लागि तीन तहका सरकार बीच समन्वयको अभाव भएको उहाँले बताउनुभयो ।
अहिलेको जनशक्तिमा दक्षताको कमी, मौरी विज्ञको अभाव, मौरी सम्बन्धि बिषयमा अनुसन्धानको कमी, गुणस्तरीय मौरुी घार तथा मौरीपालन सम्बन्धि अन्य सामाग्रीको अभाव, गुणस्तरीय भालेको अभाव, सिमति मौरी चरन क्षेत्रमा मौरीपालकहरु वीच प्रतिस्पर्धा, चरन नक्साङ्कन भई पर्याप्त भरन क्षेत्रको पहिचान हुन नसक्नु जस्ता समस्या मौरीपालक कृषकहरुले भोग्दै आउनु परेको छ । यस्तै चिउरी लगाएतका चरणजन्य वनस्पतिको संरक्षण एबं क्षेत्र बिस्तार हुन नसक्नु, बिषदीको बढ्दो प्रयोग अहिलेको मौरीपालन गर्ने किसानका लागि समस्या देखिएको हो ।
कार्यपत्रमा नेपालको महले भारतबाट आयातीत मह संग प्रतिशपर्धी वन्न नसक्नु, बजारमा नक्कली महको बिगबिगीको कारण नेपाली कृषकले उत्पादन गरेको महको समेत विश्वसनीयतामा संकट उत्पन्न भएको उल्लेख छ ।
कार्यपत्र प्रस्तुत गर्दै मौरी विज्ञ डा. शिब प्रसाद रिाजालले नेपालमा उत्पादीत महको बजार व्यवस्थापनका लागि सरकारका कुनै पनि निकायले ध्यान दिन नसक्दा मौरीपालन व्यवसाय धरासाही वन्ने खतरा बढेको बताउनुभयो । मौरी लोप भएको ४ वर्षमा जिवको अस्तित्व समेत खतरा हुने भन्दै उहाँले मौरी र मौरीपालक किसानको समस्या समाधान गर्नेगरी काम गर्न जरुरी रहेको बताउनुभयो । मौरीका कारण ८० प्रतिशत परागसेचन हुने भए पनि कृषकहरुले यस बिषयलाई बुझ्न नसकेको बताउनुभयो । बिषादीको प्रयोगले अझै समस्या बल्झिेने गरेको उहाँको भनाई छ ।
सो अबसरमा मह र स्वास्थ्य सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले मह सेवन सबै प्रकारका रोगका लागि उपयुक्त रहेको बताउनुभयो । घाउको उपचार देखि अन्य रोगको उपचारका लागि मह उत्तम भए पनि चिकित्सकको सल्लाहा अनुसार सेवन गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मह जन्य उत्पादन एक वर्ष मुनीका बालबालिकामा प्रयोग गर्नु हुँदै ।”अन्य उमेरका व्यक्तिहरुलाई दैनिक १० चम्चा सम्म मह खुवाउन उचित हुने उहाँको भनाई छ । महबाट क्यालोरी प्रयाप्त मात्रामा पाईने बताउँदै उहाँले बिरामीहरुले यसलाई नियमीत तर चिकित्सकको परामर्शमा लिनु पर्ने बताउनुभयो । मह मुटुका रोगी, आन्द्राका रोगी, क्यान्सरका बिरामी लगाएतका अन्य बिरामीहरुले समेत चिकित्सकको परामर्शमा महको प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, खाध्य तथा गुण नियन्त्रण कार्यालयका घननाथ अधिकारी, नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरे लगाएतले नेपालमा उत्पादीत महको गुणस्तर मापन गरी बजारको व्यवस्थापन गर्नु अहिलेको आबश्यकता रहेको बताउनुभयो । उहाँहरुले कोरोनाको समयमा महको खपत वढेको भए पनि अहिले सो अनुसार खपत हुन नसक्दा देखिएको समस्या समाधानका लागि स्थानीय तहमा आँफुहरु लागि पर्ने बताउनुभयो ।
नेपालमा अहिले २ लाख ४९ हजार ६८० गोला मौरी पालन भईरहेको छ । जसमा ४ हजार ६२ मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । एपिस सेराना १ लाख १७ हजार ६८० गोला र एपिस मेलिफेरा १ लाख ३२ हजार गोला मौरी पालिदैं आएको कार्यक्रममा जानकारी दिईएको थियो । मौरी पालक कृषकको संख्या १ लाख ६५ हजार भन्दा बढि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !