चितवनः चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको बिक्रमबाबा मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुलाई प्लाष्टिक जन्य वस्तुको प्रयोगमा नगर्न अनुरोध गरिएको छ । यही फागुन ७ गतेबाट सुरु भएको बिक्रमबाबा मेलामा दर्शन गर्न आउने भक्तजनहरुलाई प्लाष्टिक जन्य वस्तुको प्रयोग नगर्न निकुञ्ज प्रशासनले अनुरोध गरेको हो ।
निकुञ्जका सूचना अधिकारीका एबं सहायक संरक्षण अधिकृतक गणेश प्रसाद तिवारीका अनुसार पुजा गर्न आउने भक्तजनहरुलाई लक्षित गर्दै प्रबेश द्धार देखिनै प्लाष्टिक जन्य बस्तुको प्रयोग नगर्न सचेत गराईएको छ । उहाँले भन्नुभयो “सुरक्षा कर्मीहरुले प्लाष्टिक जन्य वस्तुको प्रयोग नगर्न सम्झाउने गरेका छन् ।” निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्वयमसेवकहरुले भक्तजनाहरुलाई सम्झाउने काम गरेको उहाँको भनाई छ ।
प्लाष्टिक जन्य बस्तु पुजा स्थल सम्म लगे पनि बाहिर ल्याएर संरक्षणमा सहयोग गर्न भक्तजनहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । पुजा स्थल संरक्षीत क्षेत्र भएकाले सो क्षेत्रको संरक्षण गर्नु सबैको दायीत्व हुने हुँदा प्लाष्टिक जन्य बस्तुबाट फोहोर नगरिदिन उहाँले आग्रह गर्नुभयो । प्लाष्टिक जन्य बस्तु निकुञ्जमा फाल्दा वन्यजन्तुले त्यसलाई खाने र यसको असरले वन र वन्यजन्तुको बृद्धि बिकासमा समस्या आउने उहाँले बताउनुभयो । वन्यजन्तुले खाएमा प्लाष्टिक जन्य वस्तुका कारण मृत्यु समेत हुन सक्ने भएकाले यसको प्रयोग नगर्न निकुञ्ज प्रशासनले आग्रह गरेको हो ।
प्लाष्टिक जन्य वस्तुलाई रोक्नका लागि पार्कीङ् स्थल देखिनै निगरानी बढाईएको उहाँको भनाई छ । यो संगै ठाउँ–ठाउँमा संरक्षण सम्बन्धि सूचना राखिएको र सुरक्षा कर्मी समेत सोही अनुसार परिचालन गरिएको उहाँले बताउनुभयो । दर्शन गर्न आउने भक्तजनहरुलाई पुलमा व्यवस्थित तरीकाले आवतजावतका लागि समेत स्वयमसेवक परिचालन गरिएको छ । एक तर्फबाट प्रबेश र अर्को तर्फबाट बाहिरीने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।
हरेक वर्ष चैते दशैंमा बिक्रमबाबा मेला लाग्ने गर्दछ । यो पुजा सुरुवाती समयमा थारु समुदायले मात्रै मनाउने गरेको भए पनि पछिल्लो समयमा सबै समुदायले मनाउने गरेको पाईन्छ । बिक्रमबाबाको पुजा गर्न स्वदेशी तथा बिदेशी गरी दैनिक हजारौ भक्तजनहरु यहाँ आउने गर्दछन् ।






