चितवनः नेपाल कराते महासंघको महाधिबेशनले पुनः युवराज लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको महाधिबेशनले लामाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी र उपाध्यक्षमा ६ जना निर्विरोध चयन हुनुभएको छ । उपाध्यक्षहरुमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्र बहादुर सिंह, ओमकृष्ण प्रसाई, मजिन्द्र सिंह र श्याम शेर्पा रहनु भएको छ । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित हुनु भएको हो । सचिवहरुमा ध्वजमान मोक्तान र बलराम मित्रलाई सर्बसम्मत चयन गरिएको हो ।
यस्तै सदस्यहरुमा रामबहादुर सिंह ठकुरी, संजय सुन्दर शैंजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाही कुमारी तिनुङ चयन हुनुभएको छ । यस्तै अध्यक्ष लामाले पुनः दुई जना सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
यसैगरि महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवास गोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहनुभएको छ ।
महाधिवेशनको शनिबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नु भएको थियो । ७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !