चितवन: जिल्लाका बिभिन्न स्थानमा आगलागी हुँदा ६ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा भएकाे आगलागीमा परि उनीहरु घाईते भएका हुन ।
चालु आर्थिक वर्षमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । कार्यालयको तथ्याङ्क बिभिन्न स्थामा भएको आगलागीमा अधिकांश मानबिय त्रुटिका कारण भएको देखिएको छ ।
कार्यालयको बिपद व्यवस्थापन शाखाका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ४४ स्थानमा आगलागी हुँदा २ जनाको मृत्यु भएको थियो भने ११ जना घाईते भएका थिए । आगलागीको समय सुरु हुन लागेकाले सबैलाई सजग रहन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गर्नुभयो । उहाँले जिल्लामा अहिले आपतकालिन कार्ययोजना निर्माणको काम भईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, सुरक्षा निकायका सबै अंगहरु, सामुदायीक वन महासंघ, रेडक्रश जस्ता संस्थाहरुको सहभागीतामा कार्ययोजना निर्माणको काम भइरहेको छ ।” चैत १५ गते सम्म कार्ययोजना तयार हुने भन्दै उहाँले यो कार्यान्वयनमा आए संगै आगलागीबाट हुने क्षती न्यूनिकरण गर्न सहज हुने बताउनुभयो ।
गर्मी मौषम बढे संगै बिभिन्न कारणले आगलागी हुने गरेको भन्दै यसको नियन्त्रणका लागि जनचेतना महत्वपूर्ण हुने उहाँको भनाई छ । स्थानीय प्रशासनले जिल्लामा रहेका सात पालिकालाईनै जनचेतनका कार्यक्रमका लागि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ हामीले पूर्ब तयारी गरीरहेका छौ ।” पालिकाहरुमा रहेका दमकल, एम्बुलेन्स र सुरक्षा निकायलाई तयारी अबस्थामा रहन भनिएको उहाँले बताउनुभयो ।
मौषममा आएको परिवर्तन संगै हुने हावाहरी, डढेलो र चट्याङ् जस्ता कारणले आगलागी बढि संख्यामा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !