चितवन: बिल बिजक भन्दा बढी लत्ताकपडा ल्याएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार ना ५ ख ३८४७ नम्बरको कन्टेनर (ट्रक) नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रबक्ता बिजयराज पण्डितका अनुसार पूर्बी चितवनबाट आपटारी तर्फ आउँदै गरेको ट्रकलाई बिहान ६ः३० वजे भरतपुर महानगरपालिका वडा नम्बर १० मालपोत चोकबाट नियन्त्रणमा लिईएको जानकारी दिनुभयो । नियन्त्रणमा लिईएको ट्रकलाई आबश्यक कारवाहीका लागि राजश्व अनुसन्धान बिभाग हरीहर भवन पठाईएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !