चितवनः चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा २ सय १४ दुर्घटन भएका छन् । जिल्लामा भएका दुर्घटनामा परि ४९ जनाको मृत्यु भएको छ ।
ती दुर्घटनामा परि ४ सय १ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा भएका दुर्घटना मध्ये सबैभन्दा धेरै भित्री सडकमा दुर्घटना भएको कार्यालयका तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार भित्रि सडकमा १ सय ६ वटा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । यस्तै पूर्ब पश्चिम लोक मार्गमा ४८ वटा, नारायणगढ–मुग्लिन सडक खण्डमा ३७ वटा, पृथ्वी राजमार्गमा १४ वटा र शहरी सडक खण्डमा ९ वटा दुर्घटना भएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजकुमार तामाङ्का अनुसार सवारी दुर्घटनामा परि मृत्यु हुनेमा सबैभन्दा बढि पुरुष रहेका छन् । ४० जना पुरुषको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यस्तै महिला ५ जना, बालक २ जना, बालिका २ जना रहेका छन् । घाईते मध्ये १ सय २४ जना गम्भिर र २ सय ७७ जना सामान्य रहेका थिए ।
दुर्घटनामा ३ सय २४ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । दुर्घटनामा सबै भन्दा बढी १ सय ६५ वटा मोटरसाईकल परेका छन् । यस्तै जिपकार ५० वटा, ट्रक टेंकर ४१ वटा, बस १९ वटा, शारिरिक शक्तिबाट चल्ने सवारी साधन १५ वटा, टेम्पो ११ वटा, माइक्रो बस ८ वटा, ट्रिपर ५ वटा, ट्याङ्कर ६ वटा, र अन्य ४ वटा रहेका छन् । तामाङले सवारी दुर्घटना घटाउनका लागि मानविय त्रुटी न्यूनिकरण गर्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने योजनामा रहेको बताउनुभयो । मानबिय त्रुटी संगै मेकानिकल समस्या समाधानका लागि यातायात व्यवसायीहरु संग छलफल गरिदैं आएको उहाँको भनाई छ । सडकका कारण पनि सवारी दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !