चितवनः बिद्यार्थी संगठनहरुको बिबादका कारण जिल्लामा रहेका दुई कलेजमा मात्रै स्ववियु निर्वाचन सुचारु रहेको छ । जिल्लामा रहेका १७ क्याम्पस मध्ये दुई वटामा मात्रै आज निर्वाचन हुँदैछ । रत्ननगरको शहीद स्मृति क्याम्पस र माडीको माडी बहुमुखि क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो । माडीमा निर्वाचन शुरु भईसकेको छ भने रत्ननगरमा शुरु हुन बाँकी छ । अन्य क्याम्पसमा निर्वाचन स्थगित भएको हो ।
त्रिभुवन विश्व विद्यालयले चैत ५ गते तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विद्यार्थी संगठनहरुबीचको झगडाले अधिकांश क्याम्पसमा निर्वाचन स्थगित भएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन गरी जिल्लामा रहेका जिल्लाका १७ क्याम्पसमध्ये ईच्छाकामनाको सर्वशान्ति क्याम्पसमा विद्यार्थीहरुले स्ववियू निर्वाचन नगर्ने निर्णय गरेका हुन् । अन्य १४ वटा क्याम्पसमा विद्यार्थीको तालाबन्दी लगायतका कारण निर्वाचन स्थगित भएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन हुन लागेका क्याम्पसमा सुरक्षा व्यवस्था चुस्त बनाईएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !