चितवन:प्रतिबन्धित लागु औषध गाँजा सहित प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्वर १२ का ३२ वर्षिय चन्द्र बहादुर प्रजा रहेका छन् ।
उनलाई आज बिहान २ वजे ६५ केजी गाँजा सहित राप्ती नगरपालिका वडा नम्बर २ राईटाेलबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता विजयराज पण्डितले बताउनुभयाे। पक्राउ परेका उनलाई थप अनुसन्धान भईरहेकाे उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस !