चितवन:जिल्ला प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षकाे आठ महिनामा २ सय ३७ फरार प्रतिबादी पक्राउ गरेकाे छ । फैसला कार्यान्वयनका क्रममा उनिहरुलाई पक्राउ गरिएकाे छ । पक्राउ परेका मध्य ३७ जनालाई फागुन महिनामा पक्राउ गरिएकाे कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभयाे ।
फागुन महिनामा पक्राउ परेका उनिहरुबाट १७ बर्ष ६ महिना २ दिन कैद र रु १९ लाख ३१ हजार ८४५ जरिवाना भुक्तान गराईएकाे छ । चालु आर्थिक वर्षमा पक्राउ परेकाहरुबाट ४३ बर्ष ४ महिना २६ दिन कैद र रु. ९२ लाख ८६ लाख २३९ जरिवाना तिराईएकाे उहाले बताउनु भयाे । पक्राउ परेका उनिहरुलाई जिल्ला अदालतमा बुझाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस !