चितवनः पश्चिम चितवनकाे शारदानगरमा संकास्पद बस्तु फेला परेकाे छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा रहेकाे सहिद स्मारक कलेज परिसरमा संकास्पद बस्तु भेटिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ वजे संकास्पद बस्तु भेटिएकाे हाे । कलेजको कम्पाउण्ड भित्र पार्किङ स्थलमा काटुनमा हरियो र कालो टेपले बेरी,हरियो तार जडान गरि बाहिर स्वबियु को निर्वाचन रद्ध गरौ भनि लेखियकाे अबस्थामा संकास्पद बस्तु भेटिएकाे हाे । संकास्पद बस्तु भेटिएकमे क्षेत्रमा नेपाल प्रहरी पुगिसकेकाे छ भने नेपाली सेनाकाे बम डिस्पाेजल टाेलि संग समन्वय भईरहेकाे कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !