नवलपुर:नवलपुरको गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को मंगलबारबार एकै दिन १७ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीकाअनुसार मेला उत्तराद्र्धमा पुगेको अवस्थामा मंगलबार एकै दिन मेलाको अवलोकन गर्न १५ हजार बढी दर्शक पुगेका हुन् ।
मंगलबार चर्चित ¥यापर जिबब तथा चर्चित लोक तथा दोहोरी गायक पुष्कल शर्मा तथा गायिका अस्मिता अधिकारी आउने भएपछि दर्शकको उल्लेख्य उपस्थिति भएको अधिकारीले बताउनुभयो । उहाँकाअनुसार हालसम्म मेलाको ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा जारी औद्योगिक व्यापार मेला चैत १ गते बुधबारसम्म सञ्चालन हुने भएकाले महोत्सवको एक लाख बढी दर्शकले अवलोकन गर्ने अधिकारीको भनाइ छ ।
मंगलबार मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्मा, गायिका अस्मिता अधिकारी, रमेश मेलोडी तथा युवा पुस्तामाझ लोकप्रिय ¥यापर जिबबलगायतका कलाकारले आफ्नो प्रस्तुती राखेका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिनुभयो । मेलाको सांस्कृतिक कार्यक्रममा ¥यापरलाई सुन्नका लागि रु ३०० को टिकट काटेर मेलास्थलमा युवाहरु प्रवेश गरेका लम्सालको भनाइ छ । दिनभरी लोक तथा दोहोरी गीतबाट दर्शकले मनोरञ्जन लिएका थिए भने साँझ सात बजेपछि जिबबले दर्शकलाई मनोरञ्जन दिएका लम्सालले बताउनुभयो ।
त्यसैगरी बुधबार मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका ज्योति मगर, रितु कँडेललगायतको सांगीतिक प्रस्तुती रहने लम्सालको भनाइ छ । बुधबारको सांस्कृतिक कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिकोरुपमा कालिका संस्कृति विद्यापीठ गैँडाकोटका प्राचार्य सहप्राध्यापक रामचन्द्र कँडेल रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथिकोरुपमा गैँडाकोट नगर उपप्रमुख शान्ति कोइराला, अतिथिहरुमा गैँडाकोट वडा नं १ का वडाध्यक्ष, वडा नं २ का वडाध्यक्षसहित नगरकार्यपालिका सदस्यहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
महोत्सवको दशौं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको महोत्सवको आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताउनुभयो । कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवका कारण गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाकोरुपमा घोषणा गरेको नवलपुरको लोकाहा खोला औद्योगिक क्षेत्र, तनहुँको शुक्लागण्डकी तथा पोखरामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाइ छ ।
महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा यस महोत्सवले सघाउ पु¥याउने बताउनुभयो । महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टर रहेका भट्टचनले बताउनुभयो । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राखेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुरलाई छनोट गरिएको उहाँको भनाइ छ ।
‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय : समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला प्रवेशका लागि सर्वसाधारलाई ८० रुपैयाँ तथा विद्यार्थीलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको भट्टचनले बताउनुभयो । ११ दिनसम्म सञ्चालन हुने मेलामा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !