चितवनः भरतपुर महानगरपालिका भित्र बिकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने चौध ठेकेदारलाई कारवाहीको तयारी गरेको छ । महानगरपालिका भित्रका बिभिन्न बिकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने उनीहरुलाई कारवाहीको प्रकृया सुरु गरिएको हो ।
महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरले यस वर्ष दुईवटा निर्माण कम्पनीलाई कारवाहीका लागि सिफारी गरि सकेको छ । ती कम्पनीहरु कारवाहीमा समेत परिसकेका छन् । अन्य चौधबटालाई कारवाहीका लागि महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कार्यपालिका बैठकले कारवाहीका लागि सिफारीस गर्ने निर्णय गरीसेकको छ । कारवाहीका लागि सिफारीसको प्रकृया समेत सुरु भई सकेको छ ।”समयमा काम सम्पन्न नगर्ने उनीहरुलाई चाँडैनै कारवाहीका लागि सिफारीस गर्न आबश्यक प्रकृया भईरहेको उहाँले बताउनुभयो ।
महानगरको सिफारीस पछि कारवाही गरिएकाहरुमा अनुष्ठाा कन्ट्रक्सन प्रा.ली. काठमाडौं र जन कन्ट्रक्सन भरतपुर १९ रहेको उहाँले जानकारी दिनुभयो । सिफारीस गरिएका ती दुई कम्पनीलाई सार्बजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कारबाही गरेको हो । कारवाहीको सिफारीस गरिएकाहरुलाई कामको प्रकृति हेरी १ वर्ष देखि ३ वर्ष सम्म कालो सूचिमा राख्ने गरेको उहाँले जानकारी दिनुभयो । जन कन्ट्रक्सनले बोलपत्र सकार गरि सम्झौता गर्न नआएकाले कारवाही गरिएको हो भने अनुष्ठानले तोकिएको समयमा दुई वटा काम नगरेकाले कारवाहीमा परेको हो । कालोसूचिमा परेका ठेकेदारहरुले राखिएको सूचि अनुसार १ देखि ३ वर्ष सम्म देशभर बिकास निर्माणको काममा ठेक्का सम्झौता गर्न नपाउने, बाँकी रहेको कामको समेत चलन चल्तिको मूल्यमा अशुल उपर गराउने उहाँले जानकारी दिनुभयो । अशुल उपरका लागि तहशिल कार्यालयले सरकारी सम्पती सरह गर्ने गरेको उहाँको भनाई छ ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता गरी काममा ढिलासुस्ति गर्ने ठेकेदारलाई कारवाहीको प्रकृया सुरु गरिएको बताउनुभयो । दुई चरणमा गरि अहिले सिफारीस गर्न लागिएको बताउँदै उहाँले अन्यको बिषयमा समेत छलफल भईरहेको बताउनुभयो । समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र काममा ढिला गर्नेलाई दण्ड जरीवानाको पद्धती वसाल्न महानगरले आफ्नो काम सुरु गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “समयमा काम नगर्नेलाई कारवाही र समयमा काम सम्पन्न गर्नेलाई सम्मान गर्ने गरी हामी लागेका छौ ।” ठेकेदार कम्पनीलाई कुनैपनि वाहनामा कामममा ढिला सुस्ति गर्न छुट नभएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !