चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेताहरुलाई जनताको दैनिक जनजीविका संग जोडीने गरी काम गर्न निर्देशन दिएको छ । फागुन २७ गते देखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रीत रणनीति वनाएर काम गर्न निर्देशन दिएको हो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनयापन संग जोडीने गरी काम गर्न सबै तहका नेतृत्वलाई निर्देशन दिनुभएको हो । उहाँले उत्पादनमा देशलाई आत्मनिर्भर वनाउने गरी संगठनले काम गर्नुपर्ने बताउनु भएको लामिछानेको नीजि सचिब प्रकाश सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछानेले संगठनलाई चलयामान वनाउनका लागि स्थानीय स्तर सम्म संगठन बिस्तार आबश्यक रहेको बताउनुभयो । आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी वनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको उहाँको भनाई थियो ।
प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्यहरु, प्रतिनिधि सभा सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारीहरु सहभागी रहेको सिग्देलले वताउनुभयो । प्रशिक्षणमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा. मुकुल ढकाल, संगठन बिभाग प्रमुख कविन्द्र बुर्लाकोटी लगाएतले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणका क्रममा पार्टीको बिधान, सांगठनिक संरचना, अधिकारका बिषयमा छलफल भएको उहाँले बताउनुभयो । कार्यक्रम आज सम्म सञ्चालन हुने सिग्देलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !