
चितवन: नेपाल बिध्यार्थी संघ चितवनकाे बिबाद सतहिमा आएकाे छ । लामाे समय देखि नेतृत्व बिहिन भएकाे भन्दै नेपाल बिध्यार्थी संघ केन्द्रले राजेश भूषालाई नेतृत्वकाे जिम्मेवारी दिए संगै बिबाद चुलिएकाे हाे ।
स्वतन्त्र बिध्यार्थी यूनियनकाे निर्वाचनका कार्यक्रम सञ्चालन भईरहेकाे समयमा भूषालबाट क्याम्पसहरुमा भएकाे पत्राचार मान्य नभएकाे जनाएकाे छ । कार्यवहाक अध्यक्षकाे रुपमा राजन दाहालकाे नेतृत्वमा स्ववियू निर्वाचनकाे काम भईरहेकाे समयमा गरिएकाे यस कमर्यप्रति बिराेध जनाईएकाे छ । दाहाल द्वारा जारी बिज्ञप्तिमा कार्यवहाक अध्यक्ष द्वारा प्रेसीत बिज्ञप्तिलाई आधिकारीक मान्न समेत आग्रह गरिएकाे छ । अन्यथा शशक्त प्रतिकार गर्ने बिज्ञप्तिमा उल्लेख छ ।
नेविसंघ चितवनकाे बिबादमा सभापति र अन्य पदाधिकारी दुई समुहमा बिभाजन भएकाे छ । सभापति राजेश्वर खनाल भुषाल पक्षमा रहेकाे र अन्य पदाधिकारीहरु दाहाल पक्षमा रहेकाे नेपाली काङ्ग्रेस चितवन निकट स्राेतले जनाएकाे छ ।