चितवनः व्यवसायी दुर्गा प्रसाईको अभियानलाई सघाउन वनेको युवा परिचालन समितका संयोजक शम्भु थापालाई प्रहरीले पक्राउ गरेको छ । अभियान अन्तर्गत कालोमोसो दस्ताका केन्द्रिय सदस्य समेत रहेका उनलाई प्रहरीले मंगलबार साँझ भरतपुर महानगरपालिका वडा नम्बर १० मालपोतचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्थाचोक निबासी ४२ बर्षिय थापा कालोमोसो दस्ताको संयोजक रकेको प्रहरीको दाबी रहेको छ । थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी निरिक्षक सुबास भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सोधपुच्छको काम भईरहेको छ । पक्राउ परेका थापाको बिषयमा थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।
व्यवसायी प्रसाईले चितवनको नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रममा कालोमोसो दस्ता घोषणा गरिएको थियो । उनीहरुले आफूहरुको पहिलो निशाना बैंक तथा वित्तिय संस्था रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !