चितवन: यही चैत ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियन(स्ववियू)को निर्वाचनका लागि जिल्लामा रहेका बिद्यार्थी संगठनहरुले दल दर्ता संगै आफ्नो तयारी सुरु गरेका छन् । त्रिभूवन बिश्वबिद्यालयले स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको तयारी संगै दल दर्ता गराए संगै बिद्यार्थी संगठनहरु तयारीमा लागेका हुन ।

नेपाल बिद्यार्थी संघ चितवनका अध्यक्ष सभापति राजेश भूषालले स्ववियु निर्वाचन हुने जिल्लाका सबै क्याम्पसहरुमा दल दर्ताको काम भईरहेको बताउनुभयो । निर्वाचनको तयारी स्वरुप सबै बिद्यार्थी संगठनहरुले दल दर्ता गराईरहेको छन् । नेपाल बिद्यार्थी संघ जिल्लाले सबै क्याम्पसहरुमा निर्वाचनको तयारीमा जुटेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “एक दुई क्याम्पसमा निर्वाचन आयोग गठनको प्रकृयामा रहेकाले केही समय लागेको छ । अन्य क्याम्पसहरुमा दल दर्ताको काम भईरहेको छ ।” नेपाल बिद्यार्थी संघले बिद्यार्थीहरुमाझ आफ्ना गतिबिधिहरु संगै गरेका कामहरुको बारेमा जानकारी गराउँदै बिद्यार्थीका माझ गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सबै कलेजमा विद्यार्थी संगठन र विद्यार्थीहरुको सक्रियता बढेको छ ।” बिद्यार्थी संगठनहरु बिच तालमेलका लागि केन्द्रमा प्रयास भईरहेको भन्दै उहाँले अहिले जिल्लामा संगठनहरु आ–आफ्नो तयारीमा लागेको जानकारी दिनुभयो । केन्द्रबाट निर्णय आए संगै जिल्लामा पनि तालमेल हुने उहाँको भनाई छ ।
नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियु)ले पनि दल दर्ता संगै निर्वाचनका लागि सक्रिय बनेको छ । आफ्ना गतिबिधिहरुलाई बिद्यार्थी माझ पु¥याउँदै सक्रियता बढाएको अध्यक्ष प्रकाश कालाखेतीले जानकारी दिनुभयो । जिल्लामा स्ववियु निर्वाचन हुने १३ वटै क्याम्पसहरुमा अखिलका बिद्यार्थीहरुको सक्रियता पहिलेको तुलनामा अहिले बढ्दै गएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “क्याम्पस क्याम्पसमा दल दर्ता संगै निर्वाचनको बिषयमा छलफल र वहसहरु भईरहेको छ ।” छलफलबाट उम्मेदवारको टुङ्गो लगाउन समेत कलेजमा रहेको आफ्नो संगठनहरुलाई निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला इन्चार्ज अबिनास रम्तेलले सबै संगठनहरु निर्वाचनका लागि दल दर्तामा व्यस्त भएको बताउनुभयो । निर्वाचनको मिति नजिकिदैं जाँदा संघ संगठनहरुले आफ्ना कार्यक्रमहरु बिद्यार्थीमाझ केन्द्रत गर्दै लगेको उहाँको भनाई छ । सुरुवाती समयमा बि. सं. २०६५ सालको स्ववियु निर्वाचनमा जस्तो बिद्यार्थीमा उत्साहा नदेखिएको भए पनि अहिले बिस्तारै निर्वाचन केन्द्रत माहोल बन्दै गएको उहाँले बताउनुभयो । हरेक क्याम्पसहरुमा आफ्ना गतिबिधिलाई बिद्यार्थीहरु माझ लैजाने काम भैरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले बिद्यार्थी हक हितका लागि के ग¥यो भन्ने बिषयमा बिद्यार्थीहरुका माझ लिएर गएका छौ ।” दल दर्ताको प्रकृया संगै अहिले उम्मेदवारहरुको बारेमा चर्चा भईरहेको उहाँले जानकारी दिनुभयो । गठवन्धनको कुरा केन्द्रमा चलिरहेको बताउँदै उहाँले केन्द्रको निर्देशन अनुसार आँफुहरु अघि वढ्ने बताउनुभयो ।
त्रिभूवन बिश्लविद्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार फागुन १९ गते संघ, संगठन दर्ता, २१ गते मतदाता सूची प्रकाशीत, २५ गते मतदाता सूचि उपर दावि बिरोध र अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष र समानुपातीक तर्फको मनोनयन पत्र बितरण, २७ गते प्रत्यक्ष र समानुपातीक तर्फको उम्मेदवारको नामावली दाखिला, प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै २८ गते उम्मेदवारको नामावली उपर दाबी बिरोध, दाबी बिरोध उपर छानविन गरी उम्मेदवारको नावली प्रकाशन, २९ गते नाम फिर्ता लिने, र अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ । चैत ५ गते बिहान ८ वजेबाट दिनको ४ वजे सम्म मतदान हुने कार्यतालिका रहेको छ ।
सामुदायीक क्याम्पसहरुमा भने दल दर्ताको कार्य आज जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !