
चितवन: चितवन मुटु अस्पताल प्रालिले आज देखि क्याथ ल्याव सेवा सुरु गरेकाे छ । सेवाकाे नेपाल मुटु तथा फाेक्साे समाजका अध्यक्ष एबं मुटुराेग बिशेषज्ञ डा. मणिराज गाैतमले एक समाराेहका बिच शुभारम्भ गर्नुभएकाे हाे । अस्पतालले रु ९ कराेडकाे लागतमा निर्माण गरेकाे ल्यवबाट राेग पहिचान र उपचारकाे पाटाेमा सेवा दिने छ । ल्यावकाे उद्घाटन पछि बाेल्नुहुँदै समाजका अध्यक्ष गाैतमले मुटु राेगकाे उपचमरकम लागि याे ल्याब महत्वपूर्ण रहेकाे बताउनुभयाे । मुटुकाे उपचारका क्रममा बन्द भएका रगतका नशा खाेल्ने, भल्ब खाेल्ने, राख्ने लगाएतका कामहरु हुने उहाँले बताउनुभयाे । राष्ट्रिय शहिद गंगालाल हृदयराेग निवारण केद्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले स्वास्थ्य क्षेत्रमा नयाँ प्रबिधिकाे उपयाेग प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनुभयाे ।
कार्यक्रममा अस्पतालका सल्लाहाकार डा. ईश्वरी लाैडारी, अस्पतालका प्रवन्ध निर्देशक प्रभात शर्मा लगाएतले बाेल्नुभएकाे थियाे । चितवन मेडिकल कलेज र पुरानाे मेडीकल कलेजमा याे सेवा रहेकाे छ । अन्य अस्पतालकाे तुलनामा यहाँ भएकाे ल्याब अत्याुनिक प्रबिधिकाे रहेकाे अस्पतालका अध्यक्ष डा. शंकर लाैडारीले जानकारी दिनुभयाे । उहाँका अनुसार यस अस्पतालले भरतपुरमा रहेर मुटुका बिरामीहरुलाई सेवा दिदै आएकाे बताउनुभयाे । वि. सं २०७६ फागुनमा सेवा सुुरु गरेकाे यस अस्पतालमा अहिले बहिरंग सेवा देख शल्यक्रियाका सेवा समेत संञ्चालन हुदै आएकाे छ । २५ शैय्याकाे यस अस्पतालमा चितवन सहित विभिन्न जिल्लाबाट उपचारका लागि आउने गरेकाछन् ।