चितवनः विश्व वन्यजन्तु दिवस २०२३ शुक्रबार बिभिन्न कार्यक्रमका साथ मनाईएको छ । हरेक वर्ष मार्च ३ मा अन्तराष्ट्रिय वन्यजन्तु दिबस मनाउने गरीन्छ ।
अन्तराष्ट्रिय पशु स्वास्थ्य संगठन, जापान ट्रष्ट फण्ड, पशु सेवा विभाग, चितवन राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा गरीएको बन्यजन्तु संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वन्यजन्तु लोप हुनुमा मानब बन्यजन्तु सह अस्तित्व कायम गर्न नसक्नु रहेको बताईएको थियो । निकुञ्जको पुर्बी क्षेत्र वरपर बसोबास गर्ने जनता संग गरिएको अन्तरक्रियाका क्रममा चोरी शिकारी तथा अबैध व्यापार, प्राकृतिक बासस्थानको बिग्रंदो अबस्था, जलवायु परीवर्तनका असरहरु, सक्रांमक रोगहरु, प्राकृतिक श्रोत माथी मानबको दबाबपुर्ण निर्भरता, गरीबी, मिचाहा प्रजातिको बढ्दो अबस्था हुनुले बन्यजन्तुहरु लोपहुने अबस्थामा पुगेको सो अबसरमा जानकारी दिईएको थियो । वन्यजन्तुको संरक्षण चुनौतिपूर्ण रहेको उनीहरुको भनाई थियो । यसका लागि स्थानीय स्तरमा जनचेता जगाउन आबश्यक रहेको औल्याईएको थियो ।
बाघमारा, कुमरोज, चित्रसेन, जनकौली सामुदायिक वन तथा मृगकुन्ज र बुढी राप्ती उपभोक्ता समितीका पदाधिकारीहरु, कृषी तथा वन विज्ञा बिश्व बिद्यालय र नेपाल पोलिटेक्निक इन्स्टिच्युटका भेटेरीनरी संकायका अन्तिम बर्षका बिद्यार्थी तथा शिक्षकहरु, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवन, एभिएन ल्याब चितवन, क्षेत्रिय होटेल एशोसिएशन नेपाल सौराहा, रेष्टुरेन्ट एन्ड बार एशोसिएशन सौराहा, नेचर गाईड एशोसिएशन, बर्ड एजुकेशन सोसाइटी, युनाईटेड हात्ती संचालन सहकारी, स्थानिय जनप्रतीनिधीहरु, थारु सास्ंकृतिक समुह तथा संरक्षणकर्मीहरुले वन्यजन्तु संरक्षणका बारेमा बोल्नु भएको थियो । कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जका बरीष्ठ पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तरक्रिया अघि प्रभातफेरी समेत निकालिएको थियो ।






