चितवन: भन्सार छलेर ल्याएको रु १ करोड १० लाख वराबरको सुन र हिराको गहना सहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौं लैजाँदै गरेको ६३ दशमलब ८९८ तोल र हिराजडित गरगहना २२ दशमलब ८७८ तोला गहना सहित भारतीय नागरीक पक्राउ परेको हो ।
भारतको कोलकोत्ताबाट काठमाडौं जान आउँदै गरेको भारतिय नम्बर प्लेटको ध्द्यज्ञद्दब्ख्छछटट नम्बरको भारतीय गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको गहना आज बिहान १ वजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र वरामत सामान सार्बजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षिय विनोद प्रसाद, पश्चिम बंगाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षिय गणपत कुमार तोसावर र ४२ वर्षिय ४२ को नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भन्सार छलि ल्याएको गरगहना काठमाडौं लैजाँदै गरेको सूचनाको आधारमा पक्राउ र वरामत गरिएको उहाँले बताउनुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यालयले ३३ बोतल लागु औषध कोरेक्स सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ जमौली स्थित सडकमा पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० को कारमा ल्याउँदै गरेको अबस्थामा लागुऔषध पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपु्र महानगरपालिका वडा नम्बर १२ का ४० वर्षिय सुरज कुमार शाही, ३६ वर्षिय ३६ बर्षिय प्रकाश गौतम, भरतपुर महानगरपालिका वडा नम्बर २ का ५० वर्षिय शैलेन्द्र श्रेष्ठ रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस !