चितवन: नारायणी नदी संरक्षण र आरती स्थलको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
शिलन्यास समारोहमा बोल्दै महानगर प्रमुख दाहालले नदी संरक्षणले महानगरबासीलाई सुरक्षीत वनाउने बताउनुभयो । नदी संरक्षण अन्तर्गत पाँच चरणमा काम हुने बताउँदै उहाँले अहिले नारायणी पुलमाथिको भागको संरक्षणको काम सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “नारायणी पुल माथिको ६४० मिटरको काम काम सुरुवात भएको छ । अन्य चार क्षेत्रको समेत सम्झौता भई काम अघि वढेको छ ।” यसले महानगरबासीलाई सुरक्षित वनाउने मात्रै नभएर यहाँको पर्यटकीय क्षेत्रको बिकासमा समेत सहयोग पुग्ने उहाँको भनाई थियो । नारायणी नदी सि बिच मोडल अन्तर्गत बिकास गर्ने गुरुयोजना अनुसार काम अघि वढेको उहाँले बताउनुभयो ।
महानगर उपप्रमुख अधिकारीले धार्मीक पर्यटनको संरक्षणका लागि यो योजना सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “धार्मीक पर्यटनलाई महत्व दिदै महानगरले काम गरिरहेको छ ।”नदी संरक्षण संगै पर्यटकीय क्षेत्रको बिकासमा महानगर लागि परेको उहाँको भनाई थियो ।
नारायणी नदी व्यवस्थापन आयोजनाले रु १५ करोड ९२ लाखको लागतमा नरायणी पुल माथिको ६४० मिटर तटवन्धन गर्न लागेको हो । यसका लागि गत पुस ५ गते ठेक्का सम्झौता भई डाइनामिक कन्स्ट्रक्सन प्रा.लीले बोलपत्र सकार गरी काम गरीरहेको आयोजनाका निर्देशक गणेश मरासीनिले जानकारी दिनुभयो । उहाँका अनुसार हरीयाली सहितको तटवन्ध गरीने छ । यो काम सम्पन्न गर्नका लागि १८ महिनाको समय दिईएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले आरती स्थल निर्माणको काम सुरु गरेको हो । २८ मिटर लम्बाई र ५ मिटर चौडाई रहेने सो स्थलको निर्माण सम्पन्न गर्नका लागि रु १ करोड ७५ लाखमा ठेक्का सम्झौता भई काम अघि वढेको आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो वनाईने आरती स्थलमा ढुङ्गाले छापिने छ । आरती स्थलको बाहिरी भागमा मोज्याक टायल लगाईने छ ।
आरती स्थल, देवघाटमा बसपार्क र महानगर भित्रका बिभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्रे एक साथ ठेक्का सम्झौता गरीएको छ । रु ४१ करोड १९ लाखमा ठेक्का लगाईएको हो ।






