चितवन: प्रथम चितवन फुटवेयर एक्स्पाे यहि फागुन १७ गतेदेखि सुरु हुँदै छ । चितवन उध्याेग संघ र नेपाल जुत्ता घरकाे संयुक्त आयाेजनामा एक्स्पाे गर्न लागिएको हाे ।
चितवन उध्याेग संघकाे अौधाेगिक प्रदशनिमा एक्स्पाे हुन लागेकाे हाे । चैत १७ गते सम्म चल्ने एक्स्पाेमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरु र स्वदेशमा तयार गरिएका जुत्ता चप्पल, लेडिज, जेन्स, बच्चन सबैलाई समेट्ने गरि उत्पादन भएका जुत्ता राखिने नेपाली जुत्ता घरका अध्यक्ष हाेमनाथ उपाध्ययले जानकारी दिनुभयाे ।बिराटनगर, पाेखरा, धरान लगाएतका ठाउँमा एक्स्पाे सम्पन्न गरि चितवनमा गरिएकाे उहाँले बताउनुभयाे । आज यहाँ आयाेजित पत्रकार सम्मेलनमा उपाध्ययले एक्स्पाेमा १० भन्दा बढी ब्राण्डका ४० स्टलबाट एक हजार वढी माेडलका जुत्ता एकै ठाउँमा पाउन सकिने बताउनुभयाे ।
स्वदेशी उत्पादनका बारेमा आम उपभाेक्तालाई स्थलगत अबलाेकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्वेश्यले एक्सपाे गर्न लागिएको हाे । नेपाली उत्पादनकाे प्रबर्द्धन गर्नका लागि एक्स्पाे गर्न लागिएकाे हाे । प्रत्यक्ष उपभाेक्ता संग छलफल गर्दै काम गर्न, नेपाली उत्पादनकाे प्रचार प्रसार गर्दै बाह्य बजार समेत बिस्तार गर्ने उद्वेश्यका साथ एक महिना लामाे एक्स्पाे गर्न लागिएकाे उहाँले जानकारी दिनुभयाे ।
प्रद्वर्शनीमा २ लाखले अबलाेकन गर्ने र रु ३ कराेडकाे काराेबार हुने अपेक्षा आयाेजकले लिएकाे छ । साे अबसरमा छुटकाे समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयाे । हरेक वर्ष प्रदर्शनी गर्ने याेजनाका साथ कार्यक्रम गरिएकाे उहाँकाे भनाई थियाे ।
पत्रकार सम्मेलनमा नेपाल फुटवेयर यसाेशियसनका अध्यक्ष नानिराज घिमिरेले नेपालमा १ हजार ५ सय उध्याेग रहेकाे बताउनुभयाे । जस मध्य लघु उध्याेग एक हजार, मझाैला उध्याेग दुई सय, निर्यात गर्ने उध्याेग दुई सय, ठूला उध्याेग एक सय रहेकाे जानकारी दिनुभयाे । नेपालमा बर्षिक १६ कराेड जाेर जुत्ता उत्पादन हुँदै आएकाे छ । जस मध्य नेपालकाे खपत १० कराेड जाेर खपत हुने गरेकमे उहाँले जानकारी दिनुभयाे । रु ३० अर्बकाे लागतमा नेपाली उध्याेगहरु संञ्चालनमा रहेका छन् ।
नेपालमा उत्पादित जुत्ताले निर्यातका लागि १ दशमलब ५ प्रतिशत हिस्सा लिएकाे उहाँले जानकारी दिनुभयाे । कुल ग्रास्त उत्पादनकाे ० दशमलम ६ प्रतिशत याेगदान पुर्याएकाे यस व्यवसायमा ५५ हजारले प्रत्यक्ष राेजगारी पाईरहेका छन् । जस मध्य ६० प्रतिशत नेपाली कामदार रहेका छन् । जुत्ता उत्पादनमा पूर्ण आत्मर्निभर यस व्यवसायले भारत सहितका १८ देशमा जुत्ता निर्यात गर्ने गरेकाे घिमिरेले जानकारी दिनुभयाे ।
बिदेशबाट चाेरी पैठारीगरि आएका सामानहरुका कारण ३५ देखि ४० प्रतिशत मात्रै उद्योग संञ्चालना आएकाे उहाँले बताउनुभयाे । नेपालकाे जुत्ता उत्पादनले ६० देखि ६५ प्रतिशत ओगटेकाे छ ।

प्रतिक्रिया दिनुहोस !