चितवनः रत्ननगर नगरपालिका वडा नम्बर ६ हात्तीसार नजिक जंगली हात्ती गोबिन्देको आक्रणबाट ईजरायली नागरीकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिय सामियल बैकानार (samuel boikaner) रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ढुंग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना १२ः२० वजेको हो । यो संगै चालू आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जस मध्य बाघको आक्रमणबाट १ जना, हात्तिको आक्रमणबाट २ जना र गैंडाको आक्रमणबाट ३ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !