चितवन: आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले नियन्त्रणमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेशथानका ४० वर्षिय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनले ७८ वर्षिय आमा मिना कुमारी घलेलाई मादक पदार्थ सेवन गरी दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार आमा छोरा बिच बिबाद हुँदा उनले बुधबार राती ९ः२५ वजे दाउराले प्रहार गर्दा आमाको मृत्यु भएको हो । छोरा पुरनलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज दिउँसो घर नजिकैको चौरमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला खदालतबाट कर्तव्य ज्यान सम्बन्धि कसुरमा म्याद थप गरि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।






