चितवनः सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणीमाई बाहिनी मकवानपुरले भूकम्प र आगलागी सम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ क्याम्पाचौरमा कृत्रिम अभ्यास गरेको हो ।
भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाईटी चितवन शाखाको सहयोगमा आज पहलता नामक नाटकको कृत्रिम अभ्यासमा गरिएको हो । नेपाल भूकम्पको जोखिमका दृष्टिले ११ औ स्थानमा रहेको छ । भूकम्पका समयमा कसरी उद्धार गर्ने र आगलागीका समयमा कसरी क्षती काम गर्ने भन्ने बिषयमा कृत्रिम अभ्यास गरिएको हो ।
कृत्रिम अभ्यासको अबलोकन पछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबै खाले जोखिम न्यूनिकरणका लागि तयारी अबस्थामा रहनु पर्ने बताउनुभयो । जोखिमको समयमा उद्धार टोलिलाई समेत तयारी अबस्थामा राखिनु पर्ने उहाँको भनाई थियो । बिपत्ती समय हेरेर नआउने भन्दै उहाँले यस्ताखाले जोखिम न्यूनिकरणमा महानगर सधै संगै रहेको बताउनुभयो । विपद भन्दा हामीले वनाएका संरचनाहरु समस्याको रुपमा रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “बिपदका समयमा हाम्रा संरचनाहरुले ठूलो क्षती पु¥याउने गरेको छ ।”
चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नियमित रुपमा गरिने यस्ता अभ्यासले जनताको सुरक्षाका बिषयमा ज्ञान वढ्दै जाने बताउनुभयो । जिल्लामा रहेका सबै पालिकाहरु संगको समन्वयमा जिल्ला बिपद व्यवस्थापन समितिले काम गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मण वहादुर सिंहले बिपदको समयमा सशस्त्र प्रहरी वल सधै अग्र पंङ्क्तिमा रहेर काम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !