चितवन: चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्षको फागुन ९ गते सम्ममा १४ गैंडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ वटा र वन क्षेत्रमा दुईवटा गैंडा मरेका हुन ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा चोरी शिकारीले ३ वटा गैंडा मारेका छन् । जस मध्ये दुईवटा निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी शिकारीले गैंडा मारेका उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रमा चोरी शिकारीले मारेका दुईवटा गैंडा मध्ये एउटाको खाग खुर लगेका थिए भने एउटा बच्चा गैंडा रहेको थियो । अन्य कालगतिले मरेका हुन ।
सन् २०२१ को गैंडा गणना अनुसार नेपालभर ७५२ वटा गैंडा रहेका छन् । जस मध्ये ६९४ वटा चितवन राष्ट्रिय निकुञ्जमा रहेको छन् । चोरी शिकारीले गैंडा मार्न थालेपछि निकुञ्ज बिभागले बिभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली वनाएर अध्ययन सुरु गरेको छ । यस संगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो वनाउँदै लगेको उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैंडा मरेका थिए । निकुञ्ज क्षेत्रमा ३७ वटा र वन क्षेत्रमा ४ वटा गैंडा मरेको उहाँले जानकारी दिनुभयो । तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा चोरीशिकारीबाट दुईवटा गैंडा मरेका थिए ।

प्रतिक्रिया दिनुहोस !