चितवनः पूर्बी चितवनको रत्ननगर नगरपािलका वडा नम्बर ७ बद्रेनी स्थित राप्ती नदिमा डुवेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का ३१ बर्षिय प्रसन्न न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार न्यौपानेको शब आज बिहान १०ः३० वजे नदिमा डुवेको अबस्थामा माझीहरुले देखेका थिए ।
घटनाको इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको छ । मृतकको शब पोष्टकाटमका लागि भरतपुर अस्पताल ल्याइएको कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो ।






